काभा महिला भलिबलमा नेपालको जीत
काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जीत हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो । नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको हो ।
जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ ।
अब नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस