• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
फेशन

दुई दिने अन्तर्राष्ट्रिय तालीम सम्पन्न

काठमाडौं । स्वीडिस मल्टिनेशनल कस्मेटिक्स कम्पनी ओरिफ्लेमको नेपालस्थित आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजसंगको सहकार्यमा काठमाडौंमा सौन्दर्य सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय तालीम मंगलबार सम्पन्न भएको छ । होटल हायातमा भदौ ३१ र असोज १ गते आयोजित तालिममा ओरिफ्लेमका रिटेल, सवबिक्रेता र ब्यूटिशियनहरु गरी करिब ३०० जनाको सहभागिता रहेको थियो । 

 

तालिममा ओरिफ्लेमका ग्लोवल स्किन एक्सपर्ट अन्ना क्रुसले स्किन र व्यूटीका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएकी थिइन । मेकअप आर्टिष्ट मेहेक मोहिनले बिबाह जस्ता उत्सवमा गरिने मेकअफ कसरी आकर्षक बनाउने भन्नेबारे प्रशिक्षण दिएकी थिइन । यसैगरी, अर्का प्रशिक्षक ग्लोवलले कमर्शियल डाइरेक्टर अन्स लण्डबर्गले व्यवसाय र कम्पनीको नीतिबारे जानकारी गराएका थियो । 
 

ओरिफ्लेमका स्किन केयर, कलर कस्मेटिक्स, मेकअप, हेयर केयर, बडी केयर जस्ता उत्पादनबिश्व प्रशिद्ध ब्राण्डमा पर्छन् । शरीरमा देखिने चायपोतो, डण्डिफोर तथाचाउरी पर्ने जस्ता छालाजन्य समस्याबाट जोगिनका लागि ओरिफ्लेमका उत्पादन निकै प्रभाबकारी सावित भएका छन् । यसका साथै, ओरिफ्लेमबाट उत्पादित बिश्व प्रशिद्ध ब्राण्डकलर कस्मेटिक्स रेञ्जबाट उच्चकोटीको मेकअप समेत गर्न सकिन्छ । एडभान्स ग्रुप अफ कम्पनीजले ओरिफ्लेमका उत्पादन बिक्री गर्ने मात्र नभई ब्यूटिशियनहरुलाई सौन्दर्य सम्बन्धी परामर्श समेत दिदैं आएको छ । 

 

ओरिफ्लेमको नेपालस्थित आधिकारिक आयातकर्ता एडभान्स ग्रुप अफ कम्पनीजले ओरिफ्लेमका २०० भन्दा बढी उत्पादन आयात गरी नेपालभरी बिक्री गर्दै आएको छ । सौन्दर्यको बजारमा आक्रामक उपस्थिति जनाएको एडभान्स ग्रुपले एक बर्षभित्र ओरिफ्लेमका ६०० उत्पादन नेपाली बजारमा ल्याउने लक्ष्य राखेको छ । ती उत्पादनमा ग्राहकको सहज पहुँचका लागि प्रमुख शहरहरुमा एक्सक्लुसिभ स्टोर समेत खोल्ने तयारी गरेको छ । 

 

सौन्दर्य सामग्री बिक्री गर्दै आएको एडभान्स ग्रुप अफ कम्पनीजले फूड सप्लिमेण्ट सहित औषधिका उत्पादन पनि बिक्री गरी ग्राहकलाई सुपथ ढंगबाट सेवादिने तयारी गरेको जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ । ग्राहकको सन्तुष्टीलाई कम्पनीले आफ्नो सफलता मान्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार