• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
फेशन

सम्पदालाई मिस युनिभर्स नेपालको ताज

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को विजेता  सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित प्रतियोगितामा उनले  ताज आफनो हात पारेकी हुन । आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले यसवर्षकी विजेतालाई ताज पहिराइदिइन् । 

 

जितसँगै घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।विजेताले ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको ३८ लाख रुपैयाँ मूल्य बराबरको २४५ ग्राम तौलको सुन र हीरा जडित ताज पहिरिन् । 

 

प्रतियोगितामा स्मृति सिंह फस्ट रनरअप, अक्सिता क्षेत्री सेकेण्ड रनरअप, करिभिना इभा थर्ड रनरअप र सुजल बम फोर्थ रनरअप घोषित भएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार