• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
अर्थ

डिजल र मट्टीतेलको मूल्‍य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

 

भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

 

पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर भएको निगमले जनाएको छ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ।

 

यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।  यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । पेट्रोलको मूल्‍य भने बढाइएको छैन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार