‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु
काठमाडौं। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा बुधवारबाट ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ । कार्यक्रमको प्रतिनिधिसभा सदस्य रघुजी पन्त, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
प्रतिनिधिसभा सदस्य पन्तले यस्ता कार्यक्रममार्फत कला, संस्कृतिको आदान–प्रदान हुने विचार व्यक्त गरे । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमले ७ वटा देशका कलाकारसँग साक्षत्कार गर्ने अवसर दिनुका साथै कला, संस्कृतिको आदान–प्रदानमा सहयोग गरेको बताए ।
श्रीलङ्काका कलाकार महेस चतुर्रङ्ग एकनायकेले नेपाल आएर कला प्रदर्शनीमा सहभागी हुन पाएकामा आयोजकप्रति आभार व्यक्त गरे । बङ्लादेशकी कलाकार रुविना नार्गिसले यस कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताए।
सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टसका अध्यक्ष अरूप चन्द्रले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा यस कार्यक्रम गर्न पाएकामा धेरै खुसी लागेको बताए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस