• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
डबली

काइँला र अमात्य सम्मानित

काठमाडौं ।‘शम्भु-निर्मला विशिष्ट साधक सम्मानु (साहित्यतर्फ) वरिष्ठ कवि तथा नेपाल प्रज्ञ-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई र ुशम्भु(निर्मला विशिष्ट साधक सम्मानु (गीतसङ्गीततर्फ) वरिष्ठ गायक ईश्वर अमात्यलाई प्रदान गरिएको छ ।  स्रष्टा तथा वरिष्ठ गायक कीर्तिशेष शम्भुकुमार मिलनको चौथो वार्षिक स्मृतिदिवसका अवसरमा प्रमुख आतिथि नेपाल प्रज्ञा(प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीबाट मिलनको तस्वीरमा माल्यार्पणगर्दै पानसमा दियो बालेर सूचना बिभाग, सञ्चारग्राममा उक्त समारोहको शुभारम्भ गरिएको थियो ।  

 

विशिष्ट अतिथि तथा प्रमुख वक्ता प्रा। जगत्प्रसाद उपाध्यायले सम्मानित ब्यक्तित्वकहरुको बारेमा कृति, जीवनी र योगदान समेटेर प्रकाश पार्नु भएको थियो । सम्मानित व्यक्तित्व वैरागी काइँलाले आफ्नो मन्तब्यका क्रममा मिलन सहित वहाँका साहित्यिक र सांगितिक दुई बृहत क्षेत्रलाई अमरत्व दिन शम्भु(निर्मला कला साहित्य समाज अझै सकृय रहन सकोस भन्ने शुभकामना ब्यक्त गरे।  

 

सस्थाका उपाध्यक्ष टीका भण्डारीले मिलनको गजल ू पथ्थरको मुटु बनाई तिमी अन्तै सरे पछीू तथा सम्मानित साङ्गीतिक ब्यक्तित्व ईश्वर अमात्यले ूरित्तिएछन् नयन मेराू गाएर सुनाउनु भयो । अन्य वक्ताहरुमा डा। विष्णुविभु घिमिरे, मिलन पुत्र शैलेश रेग्मी, सस्थाका कोषाध्यक्ष सृजना रेग्मी,  लगायत थिए।

 

संरक्षक श्रीमती निर्मला रेग्मीले आ(आफ्ना क्षेत्रका शिखर ब्यक्तित्वहरुले यो सम्मान् ग्रहण गरिदिनु भएकामा सस्थाको उचाइ अझ बढेको बताउंदै सस्थालाई अगाडि बढाउन दिलो ज्यान लगाउने बताउनु भयो ।  साथै सस्थाका सदस्य, सुभेच्छुक, साहित्य ( संगीतलाई मायागर्ने सवैबाट निरन्तर सहयोग पाउने अपेक्षा राखिन्।

 

विशिष्ट अतिथिहरू प्रा.दिनेशराज पन्त, सुलोचना मानन्धर, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.डा।.भागवत ढकाल, प्रा। मोहन सिटौला, डा= घनश्याम खतिवडा, प्रा. ठाकुर शर्मा, प्रतीक ढकाल, वाग्मती प्रदेश सांसद सुनिल के सी, श्रीहरी फुयाल, राधेश्याम लेकाली, सन्द्या पहाडी, सुरेन उप्रेती, डा.टन्क प्रशाद बाराकोटी, भरतजङ उप्रेती, रत्ननिधी रेग्मी, गीता कार्की, आलोक चालिसे आदि थुप्रै साहित्यकारको उपस्थिती रहेको उक्त समारोहमा सभापति देवी नेपालले भने ,  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार