• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
देश/प्रदेश

पूर्व सभामुख ढुङ्गानाको निधन

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । ८३ वर्षीय ढुङ्गानाको उपचारको क्रममा निधन भएको हो । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।


कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए।  वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका थिए । 

 

उनी २०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएसँगै २०५१ साल सम्म सभामुख थिए । ढुङ्गानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए। 

 

उनको सोमबार बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार