• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
देश/प्रदेश

'नेपालका निधि’ लोकार्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न र जनताको स्वतन्त्रताका लागि नेताहरूले गरेको त्याग, संघर्ष र समर्पण अतुलनीय रहेको बताएका छन् । बुधबार शितलनिवासमा आयोजित ुनेपालका निधिु पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

 

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिका बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनः स्थापना तथा सामाजिक, सांस्कृतिक जागरणबारे जान्न र बुझ्न चाहनेका लागि पनि सङ्ग्रहणीय सामग्री हुने स्पष्ट पारे । 

 

उनले महेन्द्रनारायण निधि बिपी कोइराला र समाजवादी नेता डा। राममनोहर लोहियाका चिन्तनबाट प्रभावित हुनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताए ।  निधीले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेका थिए । पुस्तक लोकार्पण कार्यक्रममा लेखक नेपालसँगै महेन्द्रनारायणका छोरा विमलेन्द्र निधी लगायतकाहरु उपस्थित थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार