• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
फेशन

आश्माकुमारी बनिन् मिस नेपाल

तस्बिरः प्रदीपराज वन्त

काठमाडौं । मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् ।

 

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वर्ल्ड’ को  ताज पहिरेकी हुन।

 

मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । यस्तै श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बन्न सफल भइन। 

 

मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार