• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
मनोरञ्जन

फस्टलुक सहित ‘ब्रेकअप सङ’

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ५’ को फस्टलुक सहितको सांगीतिक भिडियो सार्वजनिक भएको छ ।  पहिलोपटक चलचित्रले क्यारेक्टर लुक्ससहितको गीत सार्वजनिक गरेको हो ।

 

‘ब्रेकअप सङ’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल लगायत देखिएका छन् । बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वरमा गीत तयार भएको छ ।

 

कमेडियन गौडेल, सुरवीर पण्डित र रामेश्वर केसी पनि गीतमा समावेश छन् । गीतमा दीपक र माग्ने बूढाले ब्रेकअप अंकित सुट लगाएका छन् । प्रेमीले प्रेमिकालाई पोखेको आक्रोशका कुराहरु गीतमा दर्शाउन खोजिएको छ । 
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार