• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
मनोरञ्जन

रिमालको शतवार्षिकीेमा पुरस्कार तथा सम्मान प्रदान

काठमाडौ । गायक तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकीे शतवार्षिकी मनाईएको छ । बुधवार उनको शतवार्षिर्कीको अवसरम आयोजित राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी तथा कला तथा पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । 

 

महोत्सवमा कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुति स्वरुप माधव भण्डारीको लेखनको नाटक घरजमले प्रथम पुरस्कार जितेको छ । सोही  नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपाङ्गी मगरले अभिनेत्रीको अवार्ड हात पारेका छन् । लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतीसम्बन्धि गणेशप्रसाद पौडेलको लेखन र बिसालकुमार केसीको निर्देशन रहेको नाटक निब दोस्रो भएको थियो । सोही नाटकबाट सोमनाथ खनालले अभिनेताको अवार्ड पाए ।  त्यस्तै बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको सिल्भिया तेस्रो भएको थियो । 

 

कार्यक्रममा  वर्ष २०७९ को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारबाट गणेश रसिक, हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत बिशेष पुरस्कारबाट गायक सुदेश शर्मा, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट पुरुषोत्तम सापकोटा र हरि प्रसाद कल्याणी बिशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलाई पुरस्कृत गरिएको थियो ।  

 

त्यस्तै २०८० को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट मदनदास श्रेष्ठलाई सम्मानित गरिएको थियो भने हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत बिशेष पुरस्कारबाट रंगकर्मी अनुप बराल, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सूर्य कुमारी पन्त, हरि प्रसाद कल्याणी बिशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट  पत्रकार अनन्त वाग्ले पुरस्कृत गरिएको थियो ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार