• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
मनोरञ्जन

हिज्बुल्लाह इजरेल तनाव: विभिन्न स्थानमा साना उपकरणहरू पड्किए,बालिकासहित ९ जनाको मृत्यु

लेबननमा सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने ुहाते पेजरहरूु विस्फोटन हुँदा एक बालिकासहित नौ जनाको मृत्यु भएको उक्त देशका स्वास्थ्यमन्त्रीले बताएका छन्।

 

लेबननभरि एकैसाथ विभिन्न स्थानमा ती साना उपकरणहरू पड्किएका थिए। एउटा विस्फोटनमा बेइरुतमा कार्यरत इरानी राजदूत पनि घाइते भए। हिज्बुल्लाह सशस्त्र समूहले इरानबाट समर्थन पाउँदै आएको छ।

 

अधिकारीहरूका अनुसार लेबननभरि २,८०० जना ‍घाइते भएका छन्।हिज्बुल्लाहले ती पेजरहरू हिज्बुल्लाह एकाइ र संस्थाका कर्मचारीूसँग रहेको जनाएको छ। विस्फोटनका कारण आफ्ना आठ लडाकुको मृत्यु भएको पनि उसले पुष्टि गरेको छ।

 

उक्त समूहले इजरेललाई उक्त आपराधिक आक्रामक कार्यूका लागि दोष लगाउँदै बदला लिने उद्घोष गरेको छ।पेजर विस्फोटनबारे इजरेली सेनाले भने टिप्पणी गर्न अस्वीकार गरेको छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार