• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
खेलकुद

नेपाल र ओमानबीच भिडन्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति ८ :४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदैछ ।

 

सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले ३ र ओमानले ४ खेलमा हार बेहोरेको छ ।

 

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार