नेपाल सेमिफाइनलमा
![](https://freshnewsnepal.com/uploads/news/images/862130835Capture.jpeg)
काठमाडौं । नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित भएको हो । यसअघि नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।
समूह ए बाट नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनलको यात्रा तय गर्दा श्रीलंका भने समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब बिहीबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिमको सहभागिता छ । प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस