• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
खेलकुद

पौडीमा डुवाना हिट चरणबाटै बाहिरिइन्

काठमाडौं । नेपाली पौडी खेलाडी डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरण बाहिरिएकी छिन् ।

 

आइतबार महिला २०० मिटर फ्रि स्टाइलमा उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेकी थिइन् ।

 

यस्तै आजै भएको पेरिस ओलम्पिकको ‘शुटिङ’ मा सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी थिइन् । महिला १० मिटर एअर राइफलमा ६ सय ७ दशमलव ८ पोइन्ट्स प्राप्त गर्दै ४२ औँ स्थानमा रहेर बाहिरिइन् ।

 

पेरिस ओलम्पिक अन्तर्गत हिजो भएका खेलमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका थिए । प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ भने स्यान्टु बाहिरिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार