पौडीमा डुवाना हिट चरणबाटै बाहिरिइन्
काठमाडौं । नेपाली पौडी खेलाडी डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरण बाहिरिएकी छिन् ।
आइतबार महिला २०० मिटर फ्रि स्टाइलमा उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेकी थिइन् ।
यस्तै आजै भएको पेरिस ओलम्पिकको ‘शुटिङ’ मा सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी थिइन् । महिला १० मिटर एअर राइफलमा ६ सय ७ दशमलव ८ पोइन्ट्स प्राप्त गर्दै ४२ औँ स्थानमा रहेर बाहिरिइन् ।
पेरिस ओलम्पिक अन्तर्गत हिजो भएका खेलमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका थिए । प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ भने स्यान्टु बाहिरिएका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस