• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
खेलकुद

नेपाल बन्यो समूहविजेता

तस्बिर : एन्फा

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

 

नेपालको जितमा समीर तामाङ र निराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए । 

 

जितपछि नेपाल समुह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

 

अब शुक्रबार समुह चरणको अन्तिम खेल समुह बी को भारत र माल्दिभ्सबीच खेल हुदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार