२५५ संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार ४२३
काठमाडौं । कोरोना भाइरसका २५५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ संक्रमित थपिएका हुन् । कुल कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेशनमा रहेका छन् । हालसम्म देशभरका क्वरेन्टिनमा २५ हजार २० जना रहेका छन् भने ८ हजार ६३६ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
हालसम्म देशभर दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६९६ पीसीआर परीक्षण गरिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस