• शनिबार ६-५-२०८१/Saturday 09-21-2024
मनोरञ्जन

यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं। गायक यश कुमारले संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरियो ।

 

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोले सडक दुर्घटनाले निम्त्याएको अकल्पनि निधन र त्यसले भर्खर मात्रै गम्भिर बिरामीबाट निको भएकी प्रेमीकामाथी परेको बज्रपातको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ । सार्वजनिक भिडियोमा मोडल अनु थापाको अभिनयले दर्शकलाई मन्त्र मुग्ध बनाउँछ ।

 

गीतको भिडियोमा लिम्बु संस्कृति र पालमलाई पनि सुन्दर ढंगले प्रस्तुत गरिएको छ । गीतको भिडियोमा गायक यश कुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीले अभिनय गरेका छन् । हरि हुँमागाईले खिचेको भिडियोमा हाङ चेम्जोङको कोरियोग्राफी रहेको छ । यो १५ मिनेट लामो म्युजिक सिनेमामा प्रेम, रोमान्स, ड्रामा र विछोडको मर्म मिश्रण गरिएको छ ।

 

सार्वजनिक गीतको फिमेल पार्टमा सशिकला राईले स्वर दिएकी छन् । समरा जोशीको मेकअप रहेको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन तथा कलर गरेका हुन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार