• शनिबार ६-५-२०८१/Saturday 09-21-2024
राजनीति

संविधान दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज असोज ३ गते संविधान दिवस, स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०७२ को असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिएको छ ।

 

पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाई जारी गरेको हो । नयाँ संविधान कार्यान्वयमा आएको ९ वर्ष पूरा भएको छ ।

 

 नेपाली काग्रेसले मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात बीर शहिदहरूको समर्पण र वलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।


  काग्रेस सभापति शेरबहादुर देउवाले संविधान दिवसको यस अवसरमा विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका हाम्रा अग्रज नेता गणहरू, विभिन्न आन्दोलनका क्रममा ज्यानको  आहुति दिने बीर सहिदहरू, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, संघर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरू, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकहरू लगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन ।
 

 

संविधान दिवसकै खुशियालीमा नागरिकस्तरबाट काठमाडौंको दरबारमार्गमा राष्ट्रिय दिवस सांगीतिक प्रस्तुति समेत हुदैछ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार