• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
राजनीति

पक्राउ लगत्तै रविको कटाक्ष, ‘सरकार मरेको’ र आफूहरु जुठोमा परेको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पार्टी कार्यालय बनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।

 

लामिछानेलाई कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले पक्राउ परेको हो । पक्राउ गरेपछि उनलाई प्रहरीले शुक्रबार राति नै सडक मार्ग हुँदै पोखरा लगेको । 

 

यसअघि उनले पार्टी कार्यालयमा सम्बोधन गर्दै सम्मानित अदालतप्रति विश्वास र आस्था रहेको बताएका थिए । पक्राउ पुर्जी जारी भएपछि उनले सरकारप्रति आक्रोश पोख्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । उनले स्टाटसमा ‘सरकार मरेको’ र आफूहरु जुठोमा परेको भनेर लेखेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार