• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
राजनीति

अहिलेको राजनीतिक परिस्थिति नै उल्ट्याउन सकिने : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीको साथ भए अहिलेको राजनीतिक परिस्थिति नै उल्ट्याउन सकिने दाबी गरेका छन् ।

 

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को बिहीबारदेखि कीर्तिपुरमा सुरु भएको २३औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले दलाल पुँजीवादीहरूले केही सांसद संख्याको बलमा आफ्नो सरकार ढालेकाले पार्टीनिकट विद्यार्थीहरूमाझ नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनविरुद्ध आक्रोश पनि पोखेका छन् ।

 

‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ, तपाईंहरूको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौं,’ प्रचण्डले भने, ‘हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ मचाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु, हामी जितको पक्षमा छौं ।’

 

माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको भन्दै उनले आफूहरूले त्यसको घेरा तोड्दै आएको बताए । प्रचण्डले भ्रष्टाचार र भूमिफियाविरुद्ध कसैले गर्न नसकेको काम आफ्नो नेतृत्वको सरकारले गरेको दाबीसमेत गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने भन्दै केही समयभित्रै कुहिएर झर्ने जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कुहिएर छिट्टै ढल्ने दाबी गरे । राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार