• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
राजनीति

पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’लाई  प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले आज आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’मा अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा फरक मतका रुपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताए । 

 

वर्तमान संविधानमार्फत जनताले पाएका अधिकार  केही शक्तिलाई मननपरेको  टिप्पणी गर्दै उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खाजेको आरोप लगाए । “अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अंगको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिबिना गर्न खोजिने संविधान संशोधनको प्रयासप्रति माओवादी केन्द्रको सहमति छैन । हाम्रो सहमतिबिना संविधान संशोधन गर्ने अधिकार कसैलाई छैन ” उनले भने ।

 

इमान्दर भएर संविधान संशोधनको प्रयास भएमा आफूहरु त्यसका लागि तयार हुने पनि उनले स्पष्ट पारे । अग्रगमनमा लागिसंविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई नै भएको उनको कथन थियो । 

 

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक भएको उनले बताए । “अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो” अध्यक्ष दाहालले भने, “एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा दश करोड र संघमा पचास करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउनेतर्फ लागेको देखियो । भ्रष्टाचारको मुहान सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ ।”

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार