• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
बिश्व

पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वप्रधानमन्त्री शेख हसिना ।

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी भएको छ । बङ्गलादेशको एक अदालतले उक्त पक्राउ पुर्जी जारी गरेको हो ।  अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनको नेतृत्वको सरकारविरुद्धको विद्रोहमा ज्यान गुमाएका सयौँमध्ये एकका आफन्तले आफूहरु मुद्दाको सुनुवाइको प्रतीक्षामा रहेको बताएका छन् । 

 

हसिनाविरूद्धको मुद्दाको पक्षमा बहस तथा पैरवी गरिरहेका अभियोजक मोहम्मद ताजुल इस्लामले हसिना पदच्युत भएको दिनलाई ‘उल्लेखनीय दिन’ का रूपमा उल्लेख गरे । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण ९आईसीटी० का मुख्य अभियोजक इस्लामले पूर्व प्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र नोभेम्बर १८ मा अदालतमा पेश गर्न अदालतले आदेश दिएको जनाए।

 

जुलाईदेखि अगस्टसम्म नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालिन प्रशासन र यसको कार्यकारी प्रधानमन्त्री हसिनाले गरेका र उनीसहित अन्य अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्न आवश्यक भएकाले पक्राउ पूर्जी जारी गरिएको इस्लामले बताए । बङ्गलादेशबाट हेलिकोप्टरबाट भागेपछि हसिना सार्वजनिक रुपमा देखिएकी छैनन् । भारतको राजधानी नयाँ दिल्ली नजिकै रहेको सैन्य एयरबेसमा ७७ वर्षीय हसिना अन्तिम पटक देखापरेकी थिइन ।

 

यस्तै ढाकाले उनको कूटनीतिक राहदानी रद्द गरेको छ । दुई देशबिच द्विपक्षीय सुपुर्दगी सन्धि छ जसले उहाँलाई आपराधिक मुद्दाको सामना गर्न अनुमति दिनेछ । तर सन्धिको एउटा धारामा भने ‘राजनीतिक चरित्र’को अपराध भएमा सुपुर्दगी अस्वीकार गर्न सकिने उल्लेख छ । एएफपी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार