• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
स्वास्थ्य

५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले ६ र ७ गते (आज र भोलि) ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ ।

 

भिटामिन ‘ए’ क्याप्सुल ६ देखि ५९ महिनाका बालबालिकालाई दिइने र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 भिटामिन ‘ए’ क्याप्सुल ३२ लाख र जुकाको औषधी २९ लाख बालबालिकालाई खुवाउने सरकारको लक्ष्य छ ।सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।भिटामिन ‘ए’ कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका सहभागि हुने छन ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार