• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
स्वास्थ्य

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।

 

ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए।

 

ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ। हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्स का अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन्।

 

झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ। लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार