• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
देश/प्रदेश

६ बुँदे “अनौपचारिक श्रमिकहरूको अधिकार र न्याय सुनिश्चितताका लागि काठमाण्डौ मागपत्र २०८२” जारी

काठमाडौं । अनौपचारीक श्रम क्षेत्रमा काम गर्ने श्रमीक महिलाहरुको समुहले श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीसंग समान ज्यालाको माग गरेका छन् । मंगलवार श्रममन्त्री भण्डारी र श्रमीक महिलाबीच छलफलका क्रममा उनीहरुले अनौपचारीक क्षेत्रमा काम गर्ने महिला श्रमीकहरुले असुरक्षीत तरिकाले असमान ज्यालामा काम गर्नु परेको गुनासो गरे । 

 

श्रमीक सम्मेलनमा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत ७ प्रदेशका विभिन्न जिल्लाका श्रमीक महिला प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । वैशाख २२ र २३ गते २ दिन भएको जलवायु न्याय तथा मर्यादित श्रम अभियान सम्मेलनमा श्रमिकको सवालका विषयमा छलफल गरिएको थियो ।

 

 
 छलफलका क्रममा शोषण र अन्यायबाट मुक्त हुनका लागि दुबै सम्मेलनको निष्कर्ष स्वरूप ६ बुँदे “अनौपचारिक श्रमिकहरूको अधिकार र न्याय सुनिश्चितताका लागि काठमाडौं मागपत्र २०८२” जारी गरिएको थियो ।श्रममन्त्री संगको भेटघाटका क्रममा श्रमीक महिलाको प्रतिनिधिले ६ वुदे मागपत्र वुझाएका थिए ।

 

महिला भएकै कारण श्रम तथा ज्यालामा समेत ठगीनुपरेको बताउदैं उनीहरुले हक अधिकार सुनिश्चित गर्न मन्त्री भण्डारी समक्ष आग्रह समेत गरे । स्वास्थ्य विमा, श्रम तथा ज्यालाको ग्यारेन्टी गर्न सरकारले स्थानीय निकायलाई पहल गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । 

 


श्रमीक महिलाको मागपत्र वुझ्दै श्रममन्त्री भण्डारीले अनौपचारीक श्रम क्षेत्रमा भएको विभेद हटाउने गरी नितीगत रुपमा काम गर्न लागेको बताएका थिए । उनले श्रमीक महिलाहरुसंग भने, व्यक्तिगत समस्या भन्नु भन्दा पनि हरेक क्षेत्रमा हुने श्रम सम्वन्धी समस्यामा सांगठनीक रुपमा पहल गर्नुपर्नेमा जोड दिए ।

 

 

श्रमीक महिलाले बुझाएको मागपत्रमा भनिएको छ, नेपालको संविधान २०७२  श्रम ऐन २०७४ र श्रम निमावली २०७५, ले श्रमिकलाई मर्यादित काम, सामाजिक सुरक्षा र श्रमिक अधिकारको प्रत्याभूति गरेको छ । राष्ट्रिय कानुनी व्यवस्थाहरु मार्फत नेपाल सरकारले मर्यादित श्रमको अवधारणलाई अंगिकार गरेको देखिन्छ । जसले उत्पादनशील काम, उचित तलब, कार्यस्थल सुरक्षाको प्रत्यभुति, सामाजिक सुरक्षा, समान अवसर, हिंसारहित कार्यस्थल र श्रमिक अधिकारलाई जोड दिन्छ ।


 

सम्मानपूर्वक जीवनयापन गर्ने अधिकार हरेक व्यक्तिको संविधान प्रदत्त अधिकार हो ।  अन्तराष्ट्रिय महासंन्धि अनुमोदन गर्दे श्रमिक अधिकार र संरक्षण प्रति अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भएतापनिअनौपचारिक क्षेत्रको श्रममा संलग्न हामी श्रमिकहरु अभm पनि पहिचान विहिन, असुरक्षित, अन्यायपूर्ण व्यवहार र शोषणको स्थितिमा छौ ।

 


हामी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू बारम्बार ज्यालामा ठगिएका छौं, कहिले तोकिएको भन्दा कम ज्याला पाउने त कहिले ज्याला नै नपाएर पनि काम गर्न बाध्य छौं । सरकारले तोकिएको ज्याला समेत हामीले पाइरहेका छैनौं र अझै महिला श्रमिकहरूले समान काम गरेता पनि पुरुष भन्दा कम ज्याला लिन बाध्य छौं ।


 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार