रेडियो टीकापुरलाई लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार २०८२

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यूरोपियन युनियनको आर्थिक तथा इन्टरन्यास्नल अलर्टको प्राबिधिक सहयोगमा नेपाल पत्रकार महासंघले लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार २०८२ (GESI Champion Media Award) बाट सामुदायिक रेडियो टीकापुर एफएम १०१ मेगाहर्ज, कैलालीलाई सम्मान गरेको छ ।
दिवसका अवसरमा महासंघ केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगर र नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संयुक्त रूपमा टिकापुर एफएमलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
पुरस्कारको मुख्य उद्देश्य नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्नु रहेको छ ।यस पुरस्कारका लागि २०८२ वैशाख २ गते आवेदन आह्वान गरिएको थियो । त्यसमा कुल २३ सञ्चारमाध्यमले सहभागिता जनाएका थिए। प्राप्त आवेदनहरू मध्ये बाट अनलाइन पोर्टलतर्फ ७ ९२९५०, रेडियोरएफएमतर्फ १३ ९५४५०, टेलिभिजनतर्फ १ ९४५० र पत्रपत्रिकातर्फ ३ ९१३५० रहेका थिए ।
मूल्यांकनका प्रमुख आधारहरू संचारमाध्यममा महिला सहभागिता, समावेशी भर्ना प्रणाली, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन, लैंगिक तथा अपाङ्गमैत्री कार्यालय र पूर्वाधार, पत्रकार सुरक्षा, श्रमजीवी पत्रकार ऐन लगायत सरकारी नियमको पालना, र प्रशिक्षण फेलोसिपमा महिला लगायत अन्य समावेशीवर्गलाई अवसर दिइएको हेरिएको थियो ।
आवेदन आएका मध्यबाट टीकापुर एफएम १०१ मेगाहर्जले लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण र कार्यान्वयन, महिला तथा सीमान्तकृत समुदायका पत्रकारहरूको सहभागिता, सुरक्षित कार्य वातावरण, र समग्र मिडिया क्षेत्रको प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अवार्ड वितरण गरिएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस