• मंगलबार ११-२७-२०८१/Tuesday 03-11-2025
स्वास्थ्य

के खुर्सानी, बेसार र अन्य मसला खानुका फाइदा छन् ?

काठमाडौं । खुर्सानी, बेसार र अन्य मसलाहरू स्वास्थ्यका लागि फाइदाजनक रहेको दाबी गरिँदै आएको छ भने तिनीहरूले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछन् भनेर भनिँदै आएको छ। तर के मरमसलाहरूले साँच्चिकै हाम्रा खानामा फाइदा थप्न सक्छन् अथवा हामीलाई रोगबाट बचाउन मद्दत गर्न सक्छन् ? मसला हजारौँ वर्षदेखि हाम्रो आहारको एउटा हिस्साको रूपमा रहिआएको छ- हामीले चिप्समाथि मरिचको धुलो छर्केर खाने, अदुवावाला चिया खाने र खानासँग खुर्सानी खाने गर्दै आएका हौँ।

 

तर पछिल्लो समय कतिपय मसलालाई अनौपचारिक ढङ्गले हाम्रो दैनिक पाककलाको सामग्रीबाट सबै रोगको निदान गर्ने ुसूपरफूडुका रूपमा प्रवर्द्धन गर्न थालिएको छ। विवरणहरूमा जनाइएअनुसार सन् २०१६ मा राष्ट्रपति पदका लागि चुनावी अभियानका क्रममा आफूलाई बिरामी हुनबाट जोगाउन हिलरी क्लिन्टन दैनिक एउटा खुर्सानी खाने गर्थिन ।

 

खुर्सानी खानुका फाइदा
एकदमै परिचित र व्यापक प्रयोग हुने मसलाहरूमध्ये खुर्सानी एउटा हो। थुप्रै अध्ययनले हाम्रो स्वास्थ्यमा त्यसका सम्भावित असरलाई हेरेका छन्। तर त्यसका फाइदा र हानि दुवै देखिएका छन्। क्याप्सेइसिनु खुर्सानीमा पाइने मुख्य सक्रिय तत्त्व हो। हामीले खुर्सानी खाएपछि त्यसका अणुहरूले हाम्रो शरीरभित्र रहेका तापमान ‘सेप्टर’हरूसँग अन्तरक्रिया गर्छन् र त्यस क्रममा तातोपनको आभास गराउने सङ्केतहरू मस्तिष्कलाई जान्छन्।

 

यसले दीर्घजीवनका लागि सघाउन सक्ने कतिपय अध्ययनले सङ्केत पनि गरेका छन्।सन् २०१९ मा इटलीको एउटा अध्ययनले हप्तामा चार पटक खुर्सानी भएको खाना खानेहरूलाई खुर्सानीयुक्त खाना नखानेहरूको तुलनामा मृत्युको जोखिम कम देखिएको जनाएको थियो। 'अनुसन्धानकर्ताहरूले धूमपान, व्यायाम र समग्र आहारको गुणस्तरसहित जीवनशैलीका कतिपय पक्षमा नियन्त्रण गरेका थिए।'


बेसार प्रयोगका फाइदा
मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउने अर्को लोकप्रिय मसला बेसार हो। यसको फाइदा मूलतः 'कुर्क्युमिन' सँग जोडिन्छ। बेसारमा एक प्रकारको सानो अणु पाइन्छ, जुन सामान्यतया जलन, तनाव र अरू अवस्थामा वैकल्पिक उपचारको रूपमा प्रयोग हुन्छ। यद्यपि बेसार फाइदाजनक हुन्छ भन्ने कुराको बलियो प्रमाणको अभाव देखिन्छ। प्रयोगशालामा परीक्षण गर्दा 'कुर्क्युमिन' सँग क्यान्सरसँग लड्ने क्षमता रहेको कैयौँ अध्ययनले देखाएका छन्। तर मानव शरीरको भन्दा प्रयोगशालाको अवस्था निकै फरक हुन्छ। सामान्य मात्रामा 'कुर्क्युमिन' को उपस्थिति न्यून हुन्छ, जसले गर्दा भनिएको जस्तो फाइदा नहुन सक्छ।

 

येल विश्वविद्यालयस्थित इतिहास विषयका प्राध्यापक पल फ्रीड्मेनका अनुसार पश्चिमा विश्वमा बेसारसहितका मरमसलाहरूप्रति वैकल्पिक औषधिका रूपमा रुचि बढेको पाइएको पछिल्लो समय चाहिँ मध्यकालीन युगमा हो, जति बेला मसलामा रोग निको पार्ने क्षमता रहेको ठानिन्थ्यो। “खानामा सन्तुलनका लागि मसलाहरू प्रयोग गरिन्थ्यो। मानिसहरूले खानालाई तातो, चिसो, ओसिलो र सुक्खा गुण भएको मान्थे, अनि त्यसमा उनीहरूलाई सन्तुलन आवश्यक थियो,” फ्रीडमेन भन्छन्। उदाहरणका लागि माछालाई चिसो र ओसिलो मानिन्थ्यो भने मसलालाई तातो र सुक्खा मानिन्थ्यो। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार