• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
स्वास्थ्य

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ’केपी वान’ भेटियो, दिर्घरोगीले विशेष सावधानी अपनाउन सुझाव

काठमाडौं। नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको परिक्षणमा नयाँ सब–भेरिएन्ट“केपी.१” र केपी.२ पुष्टि भएको हो।

 

प्रयोगशालाका अनुशार परीक्षण भएका ४० जना मध्य  ‘केपी–१’ १२ जनामा र ‘केपी–२’ १७ जनामा पुष्टि भएको हो भने यस्तै १र१ जनामा ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको छ ।

 

प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट नेपालमा पनि पुष्टि भएको हो। 

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले  वृद्धवृद्धा र दिर्घरोगीहरुलाई जोखिम हुने भन्दै थप सावधानी अपनाउन  सुझाव दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार