• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
मनोरञ्जन

पिताको महत्व झल्काउने 'मेरो बा'

काठमाडौं । कुशे औंशीको अवसर पारेर पिताको महत्व झल्काउने लघु चलचित्र 'मेरो बा' सार्वजनिक गरिएको छ । रमेश थापाको लेखन निर्देशन रहेको चलचित्र म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

 

लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेक बहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा लगायतका साथै बालकलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय हेर्न सकिन्छ । संकल्प भुजेलको छाँयांकन रहेको  लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।
 

तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोरा बुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबुआमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताए । चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघु चित्रकी निर्मात्री दिपा मल्ल थापा हुन् । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार