• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
मनोरञ्जन

अभिनेता सिद्दिकी र निर्देशक कश्यप नेपालमा

काठमाडौं । चलचित्र ‘शाम्बाला’ को प्रिमियरमा सहभागि हुन बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप यतिबेला काठमाडौंमा छन् । दुबै नेपाली फिल्म ‘शाम्बाला’ को प्रिमियरमा सहभागि हुन  काठमाडौं आएका हुन् ।

 

दुबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाम्बाला निर्देशक मीन भामसहितले स्वागत गरेका थिए । निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले 'शम्भाला' हेर्ने इच्छा व्यक्त गरेका थिए। त्यस समयमा उनीहरूबीच सँगै काम गर्ने कुराकानी पनि भएको थियो। यसपटक, नवाजुद्दिन र अनुराग कश्यप विशेष अतिथिको रूपमा प्रिमियरमा उपस्थित हुनेछन्,’ फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए।

 

'शम्भाला' बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। हालै, यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि 'बोक्कालिनो डिओर' अवार्ड जितेकी छन्। फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार