• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
स्वास्थ्य

गर्मीले कोखमै सन्तानको मृत्यु हुने सम्भावना दोबर - अध्ययन

भारतको एउटा नयाँ अध्ययनका अनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको निधन हुने वा गर्भवती महिलाको बच्चा खेर जाने जोखिम दोबर हुन्छ।उक्त अध्ययनले आमा हुन लागेका महिलाहरूमा पहिला सोचिएभन्दा उल्लेख्य रूपमा जोखिम हुने पत्ता लगाएको हो।

 

अध्ययनकर्ताहरूले ज्यादा गर्मी हुने ग्रीष्म ऋतुले उष्ण मौसम हुने क्षेत्रमा मात्रै नभई यूकेजस्ता देशमा पनि त्यस्तो हुने बताएका छन्। गर्भवती कामकाजी महिलाका लागि विशेष स्वास्थ्य सल्लाह विश्वभरि नै आवश्यक पर्ने अनुसन्धानकर्ताहरू बताउँछन्।

 

अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए। चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो।

 

त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्न जानुपर्थ्यो।बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे।मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर तोकिएको छैन।

 

यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको औसत तापक्रम औद्योगिक समयभन्दा अगाडिको तुलनामा झन्डै तीन डिग्रीले बढ्ने प्रक्षेपण गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गर्भवती महिलाहरूले "केही घातक असरहरू"को सामना गरिरहँदा त्यसले "हामी सबैका लागि अस्तित्वको खतरा" भएको भन्दै चेतावनी दिएको छ।बीबीसी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार