देशभर‘लोकतान्त्रिक सांस्कृतिक अभियान’गर्दै गायक बिमल क्षेत्री
काठमाडौंँ । लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो ।
सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभियानको बिभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपुर्ण घटनाहरु र भावी योजना देभरका जनतासमक्ष पुर्याउन ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताए ।
नेपाली कांग्रेस महाधिवेसन सदस्य प्रभातमणी ओझाले बिमलराज क्षेत्री लोकतान्त्रिक अभियानको नेपाली कांग्रेसका लागि किन महत्वपुर्ण भन्ने बिषयमा प्रकास पारे । नेपाल सांस्कृतिक महासंघकी कोषध्याक्ष राधिका हमाल, बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री, कलाकार प्रभाकर देव शर्मा, मनोज केसी, सुनिल पुरी लगायतको थुप्रै ब्यक्तिको उपस्थिती कार्यक्रममा थियो ।
कार्यक्रममा गायक बिमलराज क्षेत्रीले ‘बिमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफुले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पुरा हुन लागेको बताए ।यहि माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट समुद्घाटन सहित कार्यक्रमको सुरुवात हुनेछ ।
कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुनेछ । त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ । बिभिन्न तामझाम सहित सांगीतिक माहोलमा आयोजना हुने कार्यक्रममा गायक बिमलराज क्षेत्रीलाई गायनमा लोकप्रिय लोक गायिका राधिका हमालले साथ दिनेछिन् । कार्यक्रममा कलाकार शिवंकर रिजाल, सुजाना केसी, शिवहरी बैरागी, प्रभाकर शर्मा, ,ऋतु थापा, संन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्री लगायतको समेत बिभिन्न सांगीतिक प्रस्तुति रहनेछ ।
प्रतिकृया दिनुहोस