• सोमबार १-१७-२०८१/Monday 04-29-2024
स्वास्थ्य

८१ जनामा कोरोना पुष्टि, दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल बिरामीको संख्या दुई लाख ७४ हजार ६५ पुगेको जनाएको छ ।  

 

यस्तै पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७० हजार ३२५ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल ९६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

 

पछिल्लो चौबीस घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७३ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार