• आइतबार २-६-२०८१/Sunday 05-19-2024
राजनीति

ओली नहुँदा नेकपामा प्रचण्ड कार्यकारी भूमिकामा

काठमार्डाैं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकताका बाँकी काम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा टुंग्याउने भएको छ।

 

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ उपचारका लागि सिंगापुर जानुअघि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको सचिवालयको बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै एकताका काम अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा अगाडि बढाउने निर्णय गरेको हो । 

 

यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो। ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए।

 

बिहीबार बिहान बसेको सचिवालय बैठकले अब अध्यक्ष प्रचण्डको मात्रै अध्यक्षतमा पनि बैठक सञ्चालन गर्न सक्ने निर्णय गरेपछि अर्का अध्यक्ष ओली अनुपस्थित भए पनि पार्टी निर्णयका बाँकी काम रोकिने छैनन्।

 

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली उपचारका क्रममा ८–१० दिन रहने बताए पनि डाक्टरको सल्लाह र आवश्यकता अनुसार बस्न सक्ने बताए। ‘प्रधानमन्त्रीले ८–१० दिन बस्ने भन्नु भएको छ, श्रेष्ठले भने, ‘डाक्टरको सल्लाह र आवश्यकताअनुसार उहाँ थप बस्न पनि सक्नुहुन्छ।’ उनले स्वास्थ्य अवस्था जटिल नभए पनि डाक्टरको सल्लाहमा प्रधानमन्त्री ओली सिंगापुर जान लागेको बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार