• बुधबार ३-१३-२०८१/Wednesday 06-26-2024
अर्थ

पेट्रोलको मूल्य सात रुपैयाँले घट्यो

काठमाडौं ।  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेलरमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।

 

यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेलरमट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेलरमट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८।५० रुपैयाँ र डिजेलको मूल्य १५१।५० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार