बझाङमा भण्डारी विजयी
काठमाडौं । बझाङ प्रदेशसभामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन ।
शनिबार भएको उपनिर्वाचनमा प्राप्त मत परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दै विजयी भएका हुन। भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।
उनीहरूबीच २६६ मतको मात्रै अन्तर हो। यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत पाएका थिए ।
प्रतिकृया दिनुहोस