• मंगलबार २-१५-२०८१/Tuesday 05-28-2024
डबली

इतिहासकार नेपालको निधन

काठमाडौं । नेपालको दोस्रो पुस्ताका इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा मंगलबार मध्यान्ह सवा १२ बजे निधन भएको हो ।

 

शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका पारिवारिक सदस्य रत्नमणि नेपालले बताए । उनका मंगलबार दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

 

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो । उहाँको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको थियो भने उनका दुई छोरा रहेका पारिवारिक स्रोतले जनाएको छ ।

 

नयराज पन्तका शिष्य ज्ञानमणि नेपालको चर्चित पुस्तक हो ‘नेपालको महाभारत’ । त्यस्तै ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल–भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार