• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
मनोरञ्जन

हीरामन्डीले दिएको चर्चा र उनको भावुक पोस्ट

काठमाडौं । सन् १९९० को दशककी एक चर्चित अभिनेत्री मनीषा कोइराला उनको मुख्य भूमिका रहेको वेब सिरिज 'हीरामन्डी' द डायमन्ड बजारु को सफलतासँगै अहिले पुनः चर्चामा आएकी छन्। ३५ वर्ष लामो आफ्नो अभिनय यात्रामा मनीषा अभिनेत्रीका रूपमा चर्चाको शिखरमा पुगेको र समयक्रममा निकै तल पनि झरेको टिप्पणी हुँदै आएको छ।

 

नेपालबाट भारतको निकै प्रतिस्पर्धात्मक सिने जगत्‌मा २० वर्षकै उमेरमा प्रवेश गरेकी उनको कलाकारका रूपमा आरोह तेज मानिन्थ्यो।बलिवुडमा प्रवेश गरे लगत्तै अभिनयका चर्चामा आएकी उनले सुरुदेखि नै चर्चित निर्देशक सुवास घई, विधुविनोद चोपडादेखि एक से एक अभिनेता शाहरूख खान, सलमान खान, आमिर खान, अनिल कपुर, नाना पाटेकरसँग सहकार्य गर्ने मौका पाइन्।

 

करिअर ग्राफ जुन रफ्तारमा ९० को दशकमा उकालो चढिरहेको थियो सन् २००० को दशकयता ओरालो झर्दै गयो। उनले अभिनय गरेका चलचित्र नचल्ने मात्रै भएनन्, उनका बारेमा सञ्चारमाध्यममा थुप्रै विवादित कुरा सार्वजनिक भए। कुनै बेला रक्सीले मातेकै अवस्थामा उनले अन्तर्वार्ता दिने गरेका खबर सार्वजनिक भएका थिए। खासगरी सन् २०१० को दशकमा उनको जीवन उतारचढावयुक्त देखिन्छ। सन् २०१० को उत्तरार्द्धमै भएको विवाह दुई वर्ष नहुँदै सम्बन्ध विच्छेदमा टुङ्गियो।

 

त्यसको केही महिनामै उनलाई चौथो चरणको क्यान्सर देखिएको सार्वजनिक भयो। त्यसबेला जीवन मरणको दौसाँधमा रहँदा जीवनकै काला दिनहरू बेहोरेको उनी बताउने गर्छिन्। नेटफ्लिक्सले हीरामन्डीको सफलतापछि ुसक्सेस पार्टीु आयोजना गरेको थियो। त्यसयता यसै साताको सुरुमा मनीषाले सामाजिक सञ्जालमा एउटा लामो स्टेटस लेखेर दर्शकप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

 

“क्यान्सरपछि र उमेर ५० पार गरेपछि मेरो जीवन यस्तो होला भनेर मैले कहिल्यै कल्पनै गरेकी थिइनँ। हीरामन्डी एउटा महत्त्वपूर्ण फड्को बनेको छ,” उनले सामाजिक सञ्जालहरूमा लेखेकी छन्।

 

“अहिले वाह वाही पाइरहँदा छायाङ्कन सुरु गर्नु अगाडिको मेरो दुबिधा र चिन्ता बिर्सन सक्दिनँ। क्यान्सरबाट निको हुँदै गरेको मेरो शरीरले छायाङ्कनको सघन कार्यतालिका, गह्रुँगा लुगा, गहना र भूमिकाले मागे अनुसार सूक्ष्म र हेर्दा खेरी अति सहज देखिने अभिनयका लागि मेरो शरीरले सक्ला र भन्ने लागेको थियो।” बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार