आवरणको नयाँ शाखा दरवारर्मागमा
काठमाडौं । आवरण स्किन एन्ड हेयर क्लिनिकले दरबारमार्गमा आफनो शाखा स्थापना गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसरमा आवरणले दरबारमार्गमा नयाँ शाखाको सेवा सुरु गरेको हो।
पूर्व मिस नेपाल २००२ माल्भिका सुब्बाले आज एक कार्यक्रमको बिच शाखाको औपचारिक रुपमा उद्घाटन गरेकी छिन् । उनलाई क्लिनिकको ब्रान्ड एम्बासडर पनि नियुक्त गरिएको छ । त्यस्तै समारोहमा क्लिनिकको ब्राण्ड भिडियो पनि प्रदर्शन गरिएको थियो ।
२०७२ फागुन १ गते बत्तिसपुतलीमा आवरणको स्थापना भएको थियो । डा. रुपक घिमिरे, डा. सविना भट्टराई, डा. एलिज अर्याल, डा वर्षा घिमिरे, नर्स सिमा कोइराला र जानकी श्रेष्ठ मिलेर बत्तिसपुतलीमा तीन वर्ष अघि आवरण सुरु गरेका थिए ।
हालसम्म आवरणले ११ हजार भन्दा बढीलाई सेवा दिइसकेको छ भने तीन वर्षको अवधिमा क्लिनिकमा १८ देशका नागरिकले छाला र कपला सम्बन्धी समस्याको उपचार गरेको बताइएको छ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस