• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
रंगमञ्च

स्वच्छन्द प्रेम र समाजको कथा

कोठाको एउटा कुनामा बेड छ । एक जोडी सुतिरहेका छन् । बेड नजिकै भुइमा कपडा र जुत्ता चप्पल छरिएका छन् । बेड्कै अर्को छेउमा टेलिफोन र डे«सिङ टेवल राखिएको छ । कोठाको अर्को छेउको झ्याल नजिकै पियानो छ । प्रेमील मुद्रामा देखिएको जोडी उठ्दा संकोचका विच संवाद अघि बढ्छ ।

 

 

मञ्च २ जनाको संवादले बाधिएको छ । नाटक अवधिभर उनीहरुले विगतमा भोगेको भोगाई जीवनका घुम्ती, विगतको जीवनमा जोडिन पुगेका पात्रहरुको विषयमा संवाद गर्छन ।

 

नाटकमा न्यू जर्सीका जर्जको रुपमा दिव्य देव देखिएका छन् । उनी अकाउन्टेन्ट हुन । डोरीसको भूमिकामा आकांक्षा कार्की देखिएकी छिन उनी गृहणी हुन । उनीहरुको विगत मिल्दो जुल्दो लाग्छ । उनीहरुको परिवार छ । आ– आप्mनो परिवार भएपनि क्यालिफोनियाको भेटले उनीहरु बीचको निकटता बढ्छ । संगै रात बिताउछन । अन्तरङ्ग सम्बन्ध पछि मात्रै उनीहरुको परिचय खुल्छ ।

 

 

हरेक बर्ष सोही मितिमा भेट्ने सहमतिका साथ त्यो रात पछि उनीहरु छुटिन्छन ।

 

हरेक वर्ष भेट हुने ठाउँ उही पहिलेकै कोठा हुन्छ । ६ दृश्यहरु सँगै दुई धारामा बाँधिएको यो नाटकले २४ बर्षको कथा देखाउछ । हरेक दृश्यले ५ बर्षको अन्तराललाई देखाउछ । उनीहरु बिचको संवादबाट प्रष्ट हुन्छ । पहिलो पटक भेटेको विवाहइतर यो जोडिले दोस्रो सिनमा  पाँचौ एनिभर्सरीमा रमाउँछ ।


जुन समयमा पात्रको उमेर जिवन, आर्दश, विश्वास र भविष्यको चिन्ता समय सँगै परिर्वतन हुन्छ । काठोको सजावटमा कुनै बदलाव आउदैंन । जर्जको मनमा स्थिरता छैन । उ भित्रको छटपटि प्रष्ट हुन्छ । परिवार लिएर बसाइ सर्न उसलाई बानी लागिसकेको छ । कुनै किसीमको पदले दुई बिचको निकटतामा बाधा नहुँदो रहेछ भन्ने दृश्य नाटकमा देखाइएको छ ।

 

डोरिस सामान्य गृहणी हुँदा उनीहरु बीचको सम्बन्ध अगाडी बढ्छ । जुन समयमा जर्ज  अकाउन्टेन्ट हुन्छन । जर्जले कामबाट अवकास लिए पछि रेष्टुरेन्टमा पियानो बजाउन सुरु गर्दा डोरीस सफल व्यवसायी भइसकेकी हुन्छीन । यहाँसम्म आइपुग्दा उनीहरुको सामिप्यता पहिलेको जस्तै हुन्छ । परिस्थीति अनुसार पात्रले आफ्नो भूमिकालाई जिबन्त बनाउने प्रयास गरेका छन् । हरेक भेटले उनीहरुले भोगेको विगतलाई थप प्रष्ट पार्दै जान्छ । उनीहरुका परिवारका सदस्इहरुका रहस्यहरु एक पछि अर्को गर्दै खुल्दै जान्छन । 

 

एक अर्को विचको शारीरिक आवश्यकताबाट सुरुवात भएको सम्बन्ध ठुलो स्वरमा बोल्दा टाढिन पुग्छन । मधुर स्वरले एक अर्कोको अंगालोमा बाधिन पुग्छन । एक अर्को विचको राजनीतिक विचारले टकराव ल्याउछ । नाटकले राजनीतिक, सामाजिक घटनाहरुलाई बाहिर ल्याउने प्रयास गरेको छ ।

 

फेमिनिस्ट आन्दोलन चर्कर्दै   गर्दा डोरीस एक व्यवसायिक महिला भइसकेकि हुन्छिन । तत्कालिन समयको अमेरीकी समाजलाई नाटकमा देखाइएको छ । त्यो समयमा भएका आन्दोलन र त्यसले पात्रमा पनि प्रभाव पारेको छ । १९७५ मा भियतनाम युद्ध सकिन्छ । नाटक पनि १९७५ को भेटको दृश्यसँगै सकिन्छ । नाटकलाई चे शंकरले निर्देशन गरेका हुन । 

 

कोठामा रहेको पियानोको चर्चा गर्छन । राजनीतिक परिर्वतनले ल्याएको दु.खद पाटोलाई पनि नाटकमा उठाइएको छ । दर्शकलाई उनीहरुको जिवन्त अभिनयले छुन्छ । जसरी उनीहरु बिचको कुरा अघि बढ्दै जान्छ, काठा भन्दा बाहिरको जिवन र कथाहरु सुनाउछन तब उनीहरु बिचको सम्बन्ध प्रगाढ हुदैं जान्छ । उत्तरी क्यालिफोर्नियामा अवस्थित नाटक सेम टाइम, नेक्स्ट इयर । 


डोरीस डेमोक्रेटिक पार्टीको समर्थक हुन । भियतनाम युद्धमा जर्जले आफ्नो छोरा माइकललाई गुमाउन पुग्छ । जुन चोट उसको मनमा नमिठोरुपमा गडेर बसेको छ । राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीलाई जर्जले सर्मथन गर्छ र उसलाई भोट दिन्छ । फरक आस्था र विचारका कारण उनीहरुविच विवाद हुन्छ ।


डोरीसमा फेमिनिस्ट र हिप्पी आन्दोलनको प्रभाव छ । हाईस्कुल छाडेकी डोरीसले पढाईको महत्तव बुझेर पुन: पढाई पूरा गर्न तत्पर हुन्छीन । डोरीसमा हिप्पी आन्दोलनको प्रभाव प्रष्ट देखिन्छ । उनका हरेक हाउभाउ, बोल्ने शैलीमा एकाएक परिर्वतन आउछ । फेमिनिस्ट आन्दोलन पछि अस्थिर डोरीसलाई जिम्मेवार बोध गराएको छ । 

 

 

फेमिनिस्ट आन्दोलन चर्कर्दै   गर्दा डोरीस एक व्यवसायिक महिला भइसकेकि हुन्छिन । तत्कालिन समयको अमेरीकी समाजलाई नाटकमा देखाइएको छ । त्यो समयमा भएका आन्दोलन र त्यसले पात्रमा पनि प्रभाव पारेको छ । १९७५ मा भियतनाम युद्ध सकिन्छ । नाटक पनि १९७५ को भेटको दृश्यसँगै सकिन्छ । नाटकलाई चे शंकरले निर्देशन गरेका हुन । 


कथा घेराको पुनरावृत्तिमा र्बनार्ड स्लेडको १९७५ को प्रभावशाली काममा, दुई पात्र, (डोरिस) आकांशा कार्की र (जर्ज) दिब्या देवले नाटकमा यो भुमिका निभाएका छन्  । भावनात्मक रुपमा यी दुईले आफ्नो भुमिकालाई जीवन दिएका छन् ।

 


कार्की र देवले यस्तो क्यामेस्ट्रीको झलक दिएका छन कि कोहि उनीहरुलाई साँच्चै को जोडी हो भन्न पनि पछि पर्दैनन् । ‘हामी अलमलिएका मानिसबाट आनन्द लिइरहेका छौं , उनीहरुलाइ विश्वास दिलाएका छौँ कि हामी एक जोडी हौं जुन खासमा होइनौँ ’ देवले भने ।


साच्चै भन्ने हो भने यी दुईबीच मित्रता गासिएको आज तीन वर्ष भयो र उनीहरु यो कथामा अझै दुई बर्ष काम गर्न चाहन्छन । यो कथा सिमित क्षेत्रको भएपनि पुरै बिश्वका दर्शकसम्म पुग्न सफल भएको छ । ‘नाटकमा जो पनि इमान्दारी र हास्य संवादमा रमाउन सक्छ ’ देवले थपे । नाटकमा भावनाका धेरै तत्तवहरु छन, यो जीवन्त छ साथै यो एक कलाकारको लागि उत्कृष्ट नाटक हो ।


एउटै कोठामा सिमित भएपनि असोभनीय छैन जसले कलाकारको र निर्देशकको क्षमता साथै लेखनको उत्कृष्टता देखाउँछ । नाटकमा टेलिभिजनमा सिरिज हेर्दा जस्तो धाराप्रवाह बगिरहेको कथा रहेको छ ।

 


नाटकमा पोशाक डिजाइन   लुनिभा तुलाधरले गरेकी छिन् ।  उनले ७० को दशकको सुक्ष्म फेशनलाई उतारेकी छिन, जसले यसलाई असली भाव तथा पात्रहरुको अवस्था प्रकट गर्न सहयोग गरेको छ । यस्तै  प्रतिक केसीको संगीतले नाटकलाई अझ मनमोहक बनाएको छ । 


प्रकाश र छायाँको सम्रिश्रणले गर्दा रोचक व्यंग्य पैदा हुन्छन  । ‘कुनै नाटकमा सधै नाटकीय अवस्था हुनुपर्दैन’ कार्कीले भनिन् । कुनै नाटक सुक्ष्म हुन्सक्छन त्यसैले कोही पनि जीवन्त नाटक हेर्न तयार हुनुपर्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार