• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
रंगमञ्च

रङ्गमन्चमा लागेर आत्मसन्तुष्टि ,नाम र इज्जत पाए

थिएटरमा कसरी प्रवेश गर्नुभयो ?
पोखरामा पहिला नाटक घर थिएन । पोखरा उद्योग बाणिज्य संघमा केही नाटकहरु मन्चन हुने गर्थे । मैले ती नाटकहरु हेर्ने अवसर प्राप्त गरेकी थिए । त्यहिबाट म भित्रै नाटक प्रति मोह जाग्न थाल्यो । परिवर्तन सरसँगको चिनजानले पनि मलाई धेरै फाइदा भयो । मैले ती नाटकहरुमो ब्याक स्टेजमा बसेर काम गर्ने मौका पाए । बिस्तारै नाटकघर पनि बन्ने भयो । नाटकघर निर्माणमा सघाउनु पर्यो भन्ने आग्रह पनि गर्नु भयो। पोखरा थिएटरको जग हाल्दा देखि छानो छाउँदासम्म काम गर्न पाउँदा म आफुलाई धेरै नै भाग्यमानी सम्झिन्छु । 

 

व्याक स्टेजमा नै रुची लाग्नुको कारण चाँही के थियो? 
मलाई शुरुशुरुमा त मञ्चमा नै देखिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर पछि व्याक स्टेजमा काम गर्न थालेपछि त्यतातिर कै मोहले तान्यो । व्याक स्टेजमा बसेर काम गर्न थालेपछि रंगमञ्चबाट टाडा नभएको महसुस हुन्छ । अभिनयमा त कतै पनि जान सकिन्छ ।   

 

तपाईले अभिनय गरेको पहिलो नाटक कुन थियो ?
रंगमञ्चमा प्रवेश गर्नु अघि रेडियो, सडक नाटकमा अभिनय गरेकी थिए । रंगमञ्चमा मेरो पहिलो नाटक भने सिरुमारानी हो । यो पोखरा थिएटरको पहिलो नाटक पनि हो । नाटकको लेखन सरुभक्त श्रेष्ठले गर्नुभएको थियो भने निर्देशन सोमनाथ खनालले गर्नुभएको थियो । 


रंगमञ्चको रुची बाल्यकाल देखि कै हो ?
रङ्गमञ्च, थिएटर भन्ने पहिला थाहा थिएन तर स्कुलमा र रेडियो कार्यक्रम गर्दा भने सानैबाट नै नाटक लेख्न, अभिनय गर्न र निर्देशन गर्ने रहर जाग्थ्यो ।


रंगमञ्चमा लागेर के पाउनुभयो ?
रङ्गमन्चमा लागेर आत्मसन्तुष्टि ,नाम र इज्जत पाए जस्तो लाग्छ ।

 

रंगमञ्चबाट तपाई कसरी प्रभावित हुनुभयो ?
रङ्गमन्च भित्र छिरेपछि छुट्टै आनन्द महसुस हन्छ । रंगमञ्चले त्यहाँको लाइट, साउण्ड र साथीहरू त्यो माहोल नै फरक हुन्छ ।


नाटक गरेर जिवीकोपार्जन हुन्छ ?
आफ्नो समय, लगाव र मेहनत निरन्तर भएपछि यसले जिवीकोपार्जन अवश्य हुन्छ ।

 

श्रीमान पनि रंगकर्मी नै हुनुहन्छ, श्रीमानबाट यो क्षेत्रमा कतिको सहयोग पाउनुभएको छ ?
यो क्षेत्रमा आउनु अघिबाट नै उहाँले सघाईरहनु भएको छ । उहाँ यो क्षेत्रको अभिभावक नै हो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार