• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
रंगमञ्च

थिएटर मलमा ‘चिरुचिरु मिचिरु’ 

काठमाडौं ।  थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन गरिएको छ। नाटकलाई पपेट थिएटरमा अभ्यस्त जापानकी रङ्गकर्मी इरिना सजीले लेखन, परिकल्पना तथा निर्देशन गरेकी हुन्। 

 

जापानको उतारभिजन थिएटर कम्पनी र नेपालको थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र थिएटर मलको संयुक्त आयोजना भएको कार्यशालाबाट  नाटक तयार पारिएको हो।

 

नाटक मञ्चनसँगै १० दिने पपेट थिएटर कार्यशाला सकिएको छ। यो नाटक उतारभिजनले जापानमा पनि मार्चमा मञ्चन हुने थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन कला निर्देशक केदार श्रेष्ठले जानकारी दिए। 

 

नाटकमा दुई बालकले नीलो चराको खोजीका लागि गरेको सपनाको यात्राको कथालाई बालसुलभ शैलीमा प्रस्तुत गरिएको थियो।  शंकर भण्डारी, सवीर चुरौटे, सुस्मिता गुरागाईं, पूजा ढकाल, मञ्जु गिरी, राज्यलक्ष्मी महर्जन, मञ्जु महर्जन, इलिना नकर्मी, आभा प्रधान, सौजन लिम्बु, शोभा कार्की, सुमन नापित, सौभाग्य सिहं, स्योन, रौनक कार्की लगायत सहभागी थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार