• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
रंगमञ्च

छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सवमा १० नाटक 

काठमाडौं । छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१’  शुरु भएको छ । शुक्रवार देखि शुरु भएको महोत्सव २० गतेसम्म नेपाल फिल्म क्याम्पसमा आयोजन हुनेछ ।

 

नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले महोत्सव आयोजना गरिएको महोत्सवका निर्देशक प्रभाकर न्यौपानेले बताए । उनका अनुसार, नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने उदेश्य र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नका निमित्त महोत्सव आयोजना गरिएको हो।  

 

महोत्सवमा भारतका ड्रामा स्कुलहरू चार वटा, नेपालको ८ मध्ये उपत्यका (बाहिर) २ वटा, सामुदायिक १ वटा र ५ वटा विभिन्न संस्थागत विद्यालयहरूका विद्यार्थीहरूले नाटक मञ्चन गर्नेछन्

 

महोत्सवको पहिलो दिन लेखक तथा निर्देशक राजन भुजेलको नाटक ‘फस्ट’ भ्याली भ्यु स्कुलका विद्यार्थीहरूको नाटक मञ्चन भएको थियो भने दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक ‘जुनेली’ तेस्रो दिन सबिन कट्टेलको निर्देशनमा रिभेरन स्कुलको नाटक ‘कालकोठरी’, र चौथो दिन सबिन कट्टेलको निर्देशनमा नेक्सन एकेडेमीको नाटक ‘पोशाक’ मञ्चन हुनेछन् ।

 

त्यसैगरी, कोलकत्ता ईएस्ओ नाटक शिखीको डा. तपस दासद्वारा निर्देशित नाटक ‘ए मेरो देश’ र पाचौँ दिन चाँगु नारायण माध्यामिक विद्यालयको मञ्जु गिरिद्वारा निर्देशित नाटक सीम्रिकको ‘अठोट’ र सोही दिन निसम्बिता स्कुल अफ ड्रिमको डा. राम होलागुण्डीद्वारा निर्देशित ‘मिट्टि कि खोलनी’ नाटक मञ्च हुनेछन् भने अन्तिम दिन एभरेष्ट स्कुलको सुमनजिवनद्वारा निर्देशित नाटक ‘सीबियु चरी’ र हरिकुल नाटक समुहको दिनेश राज शर्माद्वारा निर्देशित नाटक ‘मौन हल्ला’ मञ्चन हुने आयोजक संस्थाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार