• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
रंगमञ्च

समाजिकजागरणमा नेपाली नाटकको भूमिका विषयक परिसंवाद

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभागद्वारा बुधबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा समाजिकजागरणमा नेपाली नाटकको भूमिका विषयक परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । 

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा समाजिक जागरणमा नेपाली नाटकको भूमिका विषयक परिसंवाद कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लम्सालले ‘समाजिकजागरणमा नेपाली नाटकको भूमिका’विषयमा तयार पारिएको लघु अनुसन्धान प्रस्तुत गर्नु भएको थियो । प्राज्ञ लम्सालले डबली र लोक नाटक, सडकनाटक, गीतिनाटक÷अपेरा , कचहरीनाटक, मुक्तरङ्गमञ्च र रेडियो नाटकलाई आफ्नो लघु अनुसन्धानका आधारहरुका रुपमा प्रस्तुतगर्नु भएको छ ।

 

 उहाँले लघु अनुसन्धानमा मैथिली नाट्य इतिहास, सामाजिक जागरण, रुपान्तरणको प्रभाव, २०४६ साल सम्मको अवस्था, बहुदलपछिको नाट्य गतिविधि, युद्धकालिन अपेरा र जनसांस्कृतिक परिवारहरु र वर्तमान अवस्था लगायतका पक्षलाई औल्याउने प्रयास गर्नुभएको छ ।


 
कार्यक्रममा नाट्य अध्येयता गीता सापकोटा र संस्कृतिकर्मी तथा समालोचक इश्वरचन्द्र ज्ञवालीले प्रस्तुत लघु अनुसन्धान माथि टिप्पणी गर्नुभएको थियो । टिप्पणी गर्दै टिप्पणीकारहरुले प्रस्तुत लघु अनुसन्धानको प्रशंसा गर्र्दै छुटेका र समावेश गर्नुपर्ने विषयवस्तुहरुलाई थप गरी अझै समृद्ध बनाउनु पर्नेमा जोड दिनुभयो ।
 


कार्यक्रमलाई सम्बोधनगर्दै उपकुलपतिशम्भु राईले वृहत अध्ययन र अनुसन्धानकालागि प्रज्ञा प्रतिष्ठानसँग श्रोत साधनको कमी भएता पनि यस्ता कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिवद्धता व्यक्तगर्नु भयो ।


 
कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले लघु अनुसन्धानको शीर्षक प्रष्ट नभएको औँल्याउँदै ‘नेपाली नाटकका’े स्थानमा ‘नेपालीय नाटक’ शब्दको प्रयोग गर्नु सुझाउनु भयो । उहाँले नेपालीय शब्दले नेपाली लगायत नेपालका सम्पूर्ण भाषाहरुलाई समेट्ने बताउँनुहुँदै यसको प्रयोगमा जोड दिनुभयो ।


 
नाटक विभागप्रमुख  प्राज्ञ हिसनबहादुर मगरले कार्यक्रमको उद्देश्यमाथि प्रकाशपार्दै सामाजिकजागरणमा नेपाली नाटकको भूमिकालाई उजागर गर्न परिसंवाद कार्यक्रमको आयोजना गरिएको बताउनुहँुदै यो अनुसन्धान प्रारम्भिक खाकाभएको जानकारी समेत गराउनु भयो ।


कार्यक्रममा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम मल्लकुमाखी, नाट्यकर्मी प्रविण पुमा, जनगायक टेक बहादुर बमपाखीलगायतले नेपाली समाजको रुपान्तरण्मा जनयुद्धको विशेष भूमिका रहेको चर्चा गर्र्द अनुसन्धानपत्रमा जनयुद्धकालिन नाट्य गतिविधिलाई अझ प्रभावकारी रुपमासमावेश गर्न सुझाउनु भयो ।


 
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम प्राज्ञ सभा सदस्यलगायत नाट्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार