• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
देश/प्रदेश

कांग्रेस-कम्युनिस्टलाई सच्याउन राप्रपालाई भोट : कमल थापा 

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस-कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्वाचनमा जनताले राप्रपालाई छनौट गर्नुपर्ने बताएका छन् । 

 

ठुला -ठुला भ्रष्टचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए । एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड , वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले बिदेशी हस्तक्षेप र प्रभाव रोक्न राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने आवश्यकता औल्याए । 

 

परिर्वतनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणवादी मानसिकताको बिकास गर्यौ भन्दै यो प्रवृत्तिको अन्त्य जरुरी भएको थापाले बताए । कास्की -२ को चुनावी अभियानमा सहभागी हुँदै थापाले कास्कीको निर्वाचन परिणामले सरकार ढल्ने वा कांग्रेस बढ्ने अवस्था नभएकोले परिवर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे । 

 

कांग्रेस कम्युनिस्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्ने हुँदा अराजक प्रवृतीको अन्त्यको लागि राप्रपालाई मतदान गर्न थापाले आग्रह गरे । थापाले आज कास्की -२ को तीन स्थानमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरेका थिए ।  

 

सम्बोधन कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ , प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ , उम्मेदवार रोम बहादुर भण्डारी र चुनावी अभियानका संयोजक जयलाल पुन लगायतले आआनो मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार