• बुधबार २-९-२०८१/Wednesday 05-22-2024
मनोरञ्जन

‘मनसरा’ को गीत ‘झ्यालको’ 

काठमाडौं । फिल्म ‘मनसरा’को गीत ‘झ्यालको’ युट्युवमा सार्वजनिक भएको छ । झुमा लिम्बुद्वारा संगीतबद्ध गीतले  प्रेमिल भावलाई व्यक्त गरेको छ।

 

गीतमा हर्क साउदका शब्द झुमा र सनुप पौडेलको आवाज रहेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म अन्तर्जातिय र विवाहेत्तर सम्बन्धको जटिलता र आयामलाई पस्किएको छ । फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको शीर्ष भूमिका छ ।

 

फिल्मलाई छायांकार समेत रहेका शैलेन्द्रध्वज कार्कीले निर्माण गरेका हुन् । विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ, जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार