• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
देश/प्रदेश

नेपाल पत्रकार महासंघले गर्यो सिरोहिया पक्राउको निन्दा


काठमाडौं । नेपाल पत्रकार महासंघ महासंघका अध्यक्षसहितको टोली कान्तिपुरको कार्यालयमा पुगेका छन् ।

 

कार्यलयमा कान्तिपु्र संवाददातासँग कुरा गर्दे महासंघका अध्यक्ष विपुल पोखरेलले विधि र तौरतरिका विपरीत सञ्चारगृहमा प्रवेश गरेर सिरोहियालाई बलजफ्ति पक्राउ गरिएको बताए ।

 

उनले भने, ‘यो निन्दनीय छ । प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई यसरी बलजफ्ति गर्नु भनेको मिडिया जगतलाई नै आतंकित गर्ने प्रयास हो । मिडिया हाउसभित्र प्रहरीको प्रवेश राम्रो मानिँदैन ।’

 

पोखरेलले थपे, ‘प्रतिष्ठित मान्छेलाई अनुसन्धानका लागि बोलाउँदा आफू पनि जानुहुन्थ्यो होला । राज्यको असल अभ्यासको अपेक्षा गर्नेहरू आज निराश भएका छन् । ‘महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले यो पक्राउको विरोधमा महासंघ उत्रिने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार