• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
स्वास्थ्य

अनशनरत डा.केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै

डडेल्धुरा । डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

 

अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै, डा. केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको छ ।

 

डा. केसीलाई थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नभएकोले उनको स्वास्थ्य स्थितिको गम्भिरतालाई मध्यनजर गर्दै सुरक्षित स्थानातरण गर्न आवश्यक देखिएको जनाएको छ।

 

अनशनरत डा. केसीको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनै पनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ ।

 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार